नियम
बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने कम्पनीको योग्यता

बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न चाहने कम्पनीको ऐनमा उल्लेख भएको योग्यताको अतिरिक्त देहाय बमोजिमको जनशक्ति, भौतिक सम्पत्ति र व्यवस्थापकिय क्षमता भएको हुनु पर्नेछ :–

(क) बहुविधिक ढुवानी सम्बन्धी काममा अनुभव प्राप्त कम्तीमा सात जना कर्मचारी,
(ख) कार्यालय भवन,
(ग) मालसामान व्यवस्थित र सुरक्षित रुपमा ढुवानी गर्न र राख्न उपयुक्त गोदाम लगायतका भौतिक पूर्वाधार,
(घ) व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा मालसामानको क्लियरिङ्ग, फरवार्डिङ्ग वा ओसार पसार सम्बन्धी काम गरेको कम्तीमा तीन वर्षको अनुभव ।